राष्ट्रिय गजल महोत्सव गर्यो कालीका एफ एमले

चितवनको कालिका एफएमले आफ्नो सातौं वाषिर्कोत्सवको अवसरमा असोज २५ गते बृहत राष्ट्रिय गजल महोत्सब गरेको छ ।
गजल महोत्सबमा डा. घनश्याम परिश्रमी, बुंद राना, कृष्णहरी बराल, धिरज त्रिबेणी, शितल कादम्बिनी, चर्चीत गजल गायक शिब परियार, बिपीन किरण, बाबु त्रिपाठी लगायतका ३ दर्जन वढी साहित्यिक श्रष्टाहरुको सहभागीता रह्यो ।

कार्यक्रममा गजलकार केशवराज आमोदीले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि गजलकार गोविन्दराज विनोदीले टिप्पणी गर्नुभयो । गजलको राजधानी चितवनमा एउटा साहित्यीक भवनको आवाश्यकता महसुस गरी कालिका एफ.एमले सो भवन निर्माणकालागी १ लाख १ हजार रुपैया सहयोग गर्ने यस अघिनै प्रतिबद्धता जनाईसकेको छ । कार्यक्रमम वोल्दै प्रमुख अतिथी डा कृष्णहरी वरालले कालिका एफएमले साहित्यको प्रवर्द्धनका लागि देखाएको वाटो अनुकरणीय रहेको वताउनु भयो । कालिका एफ.एम परिसरमा भएको महोत्सबमा मुलुक भरीका स्थापित गजलकार र नव र्सजकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कालिका एफ एमका अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेको सभापतित्व तथा बरिष्ट गजलकार डा.कृष्णहरी बरालको प्रमुख आतिथ्यमा सम्पन्न सो महोत्सबमा वोल्ने बिभिन्न श्रष्टाहरुले साहित्य श्रृजनाको संरक्षण तथा प्रवर्द्धनमा कालिका एफएमले देखाएको अग्रसरताको प्रशंसा गरेका थिए ।
गजलको उर्वरभुमि मानिने चितवनमा कालिका एम.एमले आयोजना गरेको गजल महोत्सब गजलक्षेत्रको बिकासमा कलम चलाउँदै आएका अग्रज गजलकार र नव र्सजकहरुको लागी प्रेरणाको स्रोत हुने एफ एमले बिश्वास लिएको छ ।