गजल


- जगत राम बर्देवा घायल
फुल उपहार दिने आज हात पाएँ ।
संसार मलाई सून्य लाग्थ्यो जुनेली रात पाएँ ॥

मान्छे बन्ने लक्ष मेरो डर थियो रोकिन्छकी,
तर अब निडर छु फेरी मैले साथ पाएँ ॥

पलाँश जस्तो लाग्थ्यो जिवन आज थोरै भिन्न लाग्यो,
धेरै पछि मन छुने गहिरा गहिरा बात पाएँ ॥

बैशाकी को खाँचो थियो लर्याङ तर्याङ गर्न पनि,
धेरै पछि उमंगको अलिकति मात पाएँ ॥

नेपाली पन् नेपाली तन् छोरी उनि नेपालकी,
खाँचो थियो मायाँको त्यही मायाँको जात पाएँ ।
- गोरखा , हाल - नबोदित साहित्यिक वाचनालय दोहा कतार