गजल

- एन बी अन्जान
फूल जस्तो जवानी त्यों, झुकाएर आयौ ।
यौवनको प्यासी मात, चुकाएर आयौ ।

मदहोसी मै रसपान, गरी अधरको,
गुलाबी ओठको प्यास, सुकाएर आयौ ।

चर्किएको छाती भित्र, बल्झिएका ब्यथा,
परेलिको डिल डिल, लुकाएर आयौ ।

अस्तित्व पात माथि भो, इज्जतमा दागी, 
बे अर्थमा लाज सर्म, फुकाएर आयौ ।
nbanjan@yahoo.com