गजल

 - प्रदीप चापागाँई
सुनेँ आज अर्को फेरी लुट भयो रे नेपालमा,
चोक चोक गल्ली गल्ली गुट भयो रे नेपालमा ।

हस्तक्षेपको ज्वाला फ्याँकी आँखा ताक्दा छिमेकीले,
रुन्छिन् आमा दाजुभाईकै फुट भयो रे नेपालमा ।

स्वार्थ हुन्जेल तपाँई हजुर त्यसपछी आफ्नै दुनो,
ठूला भनाउँदाको बोली झुट भयो रे नेपालमा ।

थरी थरी आन्दोलन छन् मेची देखी महाकाली,
आतंक र बन्द हड्ताल छुट भयो रे नेपालमा ।

भोली आफैँ खरानीभै उड्छु भन्ने हेक्का नभई,
आफ्नै घर सल्काउन जुट भयो रे नेपालमा ।

सुनेँ आज अर्को फेरी लुट भयो रे नेपालमा,
चोक चोक गल्ली गल्ली गुट भयो रे नेपालमा । 
pradip.chapagain@live.com.au