गजल

- मदन आचार्य
आज पनि उनको, प्रतिक्षामा बसिरहेछु ।
आकाशलाइ छुनखोज्छु, पातालमा खसिरहेछु ।

नसोध दिन कसरी, बिताइरहेका छौ भनि,
खरानीलाई अबिर संझी, निधारमा घसिरहेछु ।

पाइला सार्ने थिएन, नदि गहिरो भन्देको भए,
पाइला झीक्न खोज्दा, दलदलमा फसिरहेछु ।

असहज दीनचर्या, सबैको आखाँ म माथि,
कपडालाई पासो ठानि, सरिरमै कसिरहेछु ।

गुफाभित्र पठाइ छाडयौ, स्वर्गको सपना बाँडि,
दर्शन अझै पाउछु भनि, भित्र भित्र पसिरहेछु ।
- रोल्पा