गजल

- कपिलविवश भट्ट ‘कञ्चन’
आज तिमीले मलाई भावनामा बगायौ ।
रिसाएकी थियौ कुन्नी किन्न फकायौ ।

साँचो माया तोडिए जोडिदैन भन्छन,
मरेको थियो त्यो माया कसरी जगायौ ।

कसैको बाध्यता कसैको रहर हुँदो रहेछ,
कहाँ गयो दिलको राजा कसरी छकायौ ।

परिबन्धले कहीलेकाँही यस्तै बनाउदो हो,
परे होलान पीडाहरु त्यसलाई नी भगायौ ।

एक्लो परिवेशमा हुर्केको मान्छे न हु म,
सुतेको थिए उठाउन मिर्मिरेमा बाजा बजायौ ।
- शिखरपुर–९ शितलकुञ्ज,बैतडी