गजल

 - महेश्वर नेपाल
दुःखमा पनि जिन्दगी चलेकै हुन्छ यहाँ ।
मनमा आशाको दियो बलेकै हुन्छ यहाँ ।

यस्तै रैछ मान्छेको जीवन भन्नु आखिर,
सपनाको महल पनि ढलेकै हुन्छ यहाँ ।

लक्ष्य चुम्ने होडमा जीवन सघर्ष गर्दागर्दै,
पाइलैपिच्छे दैवले छलेकै हुन्छ यहाँ ।

दुःख सुख भन्ने चिज त यस्तै नै हो,
यात्रामा थकित दिल गलेकै हुन्छ यहाँ ।

यस्तै रहेछ यहाँ नियतीको खेल नै,
आगो बिना हृदय जलेकै हुन्छ यहाँ ,
  - हाल - दोहा,कतार