गजल

 - जगत राम बर्देवा “घायल”
म चाहान्छु तिमी हाँस चाहे मर्नु मैले परोस् ।
तिमी फूल्नु लाली गुराँस चाहे झर्नु मैले परोस् ।

मेरो कुनै अंग दिँदा तिम्रो जिवन बाच्छ भने,
हाँसी हाँसी दिन्छु  हेर  चाहे सढ्नु मैले परोस् । 
          
मेरो जिवन रहे सम्म तिमी लाई बचाउँछु,
आधाकल्चो शरीर बोकी चाहे अड्नु मैले परोस् ।
           
बे साहारा हुने छैनौ मेरो प्राण रहे सम्म,
तिमीलाई बचाउँछु सोली चढ्नु मैले परोस् ।
 हाल -  नबोदित साहित्यीक वाचनालय दोहा,  कतार