गजल

- एकादेशको गगनराज 
बनिन्छ कहिले देवदूत् यही मान्छे ।
र हुन्छ लोकमा अछुत् यही मान्छे ।

मान्छेले बेच्छ मान्छेकै मर्यादा,
कमाउछँ दौलत अकुत् यही मान्छे ।

मान्छेले मान्छे न चिन्न सक्यो,
धर्तीमा करोडौं सपुत् यही मान्छे ।

घाममा निदाइ ताराबिच जाग्छ,
विवेकी भलाद्मी प्रस्तुत् यही मान्छे ।

सुनियो असाध्यै "गगन्" भेदी नारा,
मान्छेकै बिरुद्ध बहुत् यही मान्छे ।
 - गजलशिबिर राजधानी