गजल

-  खहरे
बोलिको तिम्रो म भक्त भए।
के भनु प्यारी निसब्द भए।

कमल हौ तिमी हिलोमा फुल्ने,
म आफु देख्दा बिरक्त भए।

डुबेर तिम्रो भावनासँग
म शब्द-शब्द बिभक्त भए।

त्यो मृदु प्याला पिउदै जादा
म काब्य भित्र ससक्त भए। 
- knkhahare@yahoo.com