गजल

- हरि जोशी   समीर’
तिमीलाई पाँउदा नयाँ, नाँउ पाए जस्तो लाग्यो ।
बटुवा थें राती हुँदा बास, गाँउ पाए जस्तो लाग्यो ।

तातो मरुभुमिको यात्रामा, तड्पिएको मान्छे म,
तिम्रो साथ पाँउदा शितल, ठाँउ पाए जस्तो लाग्यो ।

सागरमा हुँदा पनि, सकिएन पानी पिउन,
तिमी आयौ सामु स्वच्छ, तलाउ पाए जस्तो लाग्यो ।

सुन्दर लाग्यो यो संसार, तिमीलाई भेट्दा,
दुनिँयालाई जित्ने ठूलो, दाउ पाए जस्तो लाग्यो ।
शान्तिबस्ती, धनगढी