गजल

 - प्रतिमा परियार “क्षितिजा”

मनको राजा मान्छु तर सर्त छ ।
तिमि संगै जान्छु तर सर्त छ ।

देउती बज्यै बागेश्वरी जहाँ लगेपनि,
तिम्रै भनि कसम खान्छु तर सर्त छ ।

मरीहत्ये गर्नुपर्छ भन्दीन तिमिलाइर्,
अंगालोमै बान्छु तर सर्त छ ।

जीवन साथी को भनि सोधे भने,
तिमिलाई नै छान्छु तर सर्त छ ।

उपहार त दियौ ग्रहण गर्न बाँकी छ,
जे  दिन्छौ त्यही लान्छु तर सर्त छ ।
      लेखफर्सा ६ सुर्खेत
 partima.skt7@gmail.com