गजल

प्रकाश आङ्देम्बे
 म तिर फर्केको बन्दुकको नाल छ अरु त राम्रै छ
नेता सुखी देश जनता बेहाल छ अरु त राम्रै छ

पसिनाले बगाएको कृषकले भन्दै थियो
मँसिरमा अनिकाल छ अरु त राम्रै छ

थोरै दिइ धेरै लाने तल्लाघरे छिमेकीले
जँगेपिलर दिनै ढाल्छ अरु त राम्रै छ

सँसदवाट भागेको खरायो को गुनासो
भित्र कुकुर र स्याल छ अरु त राम्रै छ


बिहारको एउटा व्यपारीको कथन
नेपाली नागरिकता फालाफाल छ अरु त राम्रै छ