गजल

- प्रकाश बञ्जारा
हाल खबर के छ आज भोली गजलको  ?
भन्नुहोस् न हजुर दिल खोली गजलको ।

धेरै भयो  चौतारीमा देखिएन रुपरगं,
भरी छ कि खाली नै छ झोली गजलको ?

सँधैभरी बर्षा मास जस्तो पार्नुहुन्थ्यो,
हम्मे हम्मे पथ्र्यो  तर्न खोली गजलको ?

हजुरको जिउ डाल रुप पनि गजलजस्तै,
सुनौ सुनौ लागि राख्छ बोली गजलको ?

जहाँ जहाँ प्रेम बिछोड त्यहाँ त्यहाँ मात्र हैन,
फेर्नुपर्छ  अब साँच्चै चोली गजलको ।
साउने चउर ९ खोटाङ हाल काठमाण्डौं