गजल

झलकराज पौडेल 'नमस्ते'

राता सारीमा आँखा नलगाउनु होला ।
अर्काका नारीमा आँखा नलगाउनु होला ।

सक्नु हुन्छ  गरेर देखाउनु आफु,
छिमेकीका बारीमा आँखा नलगाउनु होला ।

फल चोरेको पाप लग्दैन भनेर,
पाकेका घारमिा आँखा नलगाउनु होला ।

जति सक्नु हुन्छ बटुल्नुस् छिट्टै छिट्टै,
संगीका भारीमा आँखा नलगाउनु होला ।

अर्काको चिज राम्रो मान्छ मान्छे सधै,
झलकको दारीमा आँखा दलगाउनु होला ।