गजल

  _ प्रकाश निर्दोष

यो पिउने बेला साथी, नछुटिने हातका कुरा नगर ।
तिमी हामी जिउँदो लास, प्रेम घातका कुरा नगर ।

यता फर्की उता हेर, ती सवै हामी जस्तै नै हुन,
हामी सबै एक्ला एक्लै, पाउने साथका कुरा नगर ।

तिमी सित एउटा मन, त्यो वाहेक के नै रहेछ र,
उ ठुलो आफु सानो, रोएर जातका कुरा नगर ।

छोड सवै ती अतीत, जे हुनु सब भइसक्यो,
झरेर ओइली जाने, पीपल पातका कुरा नगर ।

हार खायौ तिमीले पनि, हामीले नि खाएका छौ,
बरु अलिकति थपीहाल, विताएका रातका कुरा नगर ।
 चन्द्रनिगाहपुर  १ रौतहट