गजल

सागर बस्नेत 'युध्दबिराम'

सुन साथि तिम्रोपनी मेरो जस्तै हाल रैछ ।
कथा ब्यथा उस्तैउस्तै, उस्तै लय ताल रैछ ।

आफ्नै सम्झी कसैलाई बसाएछौ परेलीमा,
बैगुनीको पापी मन सताउने चाल रैछ ।

नछाड्ने  कसम त्यो हातराखी शिरमाथि,
दुखिलाई फसाउने माकुरिको जाल रैछ ।

जताततै हरियाली आफ्नो भन्ने कोहि हुदा,
झुठो दुनिया देखाउने, माया आखि झ्याल रैछ ।

कसैलाई स्वर्ग माया खुसि सबै यसैमा छ,
कोहीलाई यहि माया सुनामीको छाल रैछ  ।
  सिजुवा ९, मोरंग