गजल

-स्वयम्बर
खट्प्वाल हेर्नेले झ्याल बुझ्दैन,
शिकारीले आफ्नो काल बुझ्दैन ।

लक्ष्य बेगर मच्चेर मात्रै के भो,
आफ्नै पाईलाको चाल बुझ्दैन ।

ठुलो भाग मात्रै सोहोर्न जान्नेले,
आफ्नै दाउमा राखेको खाल बुझ्दैन ।

भेँडाको पाठो सीधा हिँड्छ सँधै,
दुष्टले फिँजाएको जाल बुझ्दैन ।

दिन भरि रंगमन्चमा ता-धीन हेर्छ,
सरगम नजान्नेले सुर-ताल बुझ्दैन ।

खोल्साको तलाउमा ढुंगा नहानी,
सागरमा उर्लेको त्यो छाल बुझ्दैन ।