गजल

 -  मुना निश्चल
के वर्ग के लिङ्ग एउटै सृष्टिका फूल ।
थरीथरी जात यी सिङ्गो राष्ट्रका तुल ।

रोइरह्यो देश, मान्छे मान्छेको कलह,
जल्दोबल्दो छ परिवेश समाज र कुल ।

काट्दा के पायौ र उस्तै देख्छु रगत,
कुन्नि कसले बगायो त्यो अछुतको मूल ।

पलाए कति धन र निर्धनको तरुल,
यो हो मनुष्य नहुनुको अति प्रिय भुल ।