गजल
तिम्रो याद मेट्न आजभोलि नशाभित्र हराउछु ।
सुन्दैन कोहि मनको वह एक्लै एक्लै बर्बराउछु ।
नयाँ वाटो कोरी कोरी हिडु भन्दा पनि,
मान्दैन मन कसैगरि तिमीलाईमन पराउछु । छैन मन स्थिरमा, परेपछि प्रेमको जञ्जिरमा,
वेहोस भै दोवाटोमा पाईलाहरु लर्खराउछु ।
विश्वासको दियो बल्ने कुनै ठाँउ छैन अब,
आजभोलि आफ्नै छाँया संग पनि डराउछु ।