- अम्बोटेली

चाहन्छौ नै भने नाता तोडिदिनु काली ।
आजै देखि अन्तै बाटो मोडिदिनु काली ।
जता-जता तिमीलाई जे-जे मनपर्छ,
उतैतिर नया नाता जोडिदिनु काली ।
जनेभाए सारा ठोक लिइ कनै जानु,
भेट हुदा हास्न समेत छोडिदिनु काली ।
तिम्रो चाह असल छ गुण वान रै छ,
शौभाग्य को घुम्टो तिमी ओडिदिनु काली ।