गजल

राधिका अधिकारी
तिम्रो काखमा रुन पाए पुग्यो जीन्दगीमा ।
केवल पाउ छुन पाए पुग्यो जीन्दगीमा ।

चाहिदैन तिम्रो नामको सिन्दुर अनि पोते,
मनको गाठो फुन पाए पुग्यो जीन्दगीमा ।

माग्दिन म मन भुलाउन तिम्रा सारा साथ,
याद मनको धुन पाए पुग्यो जीन्दगीमा ।

जति भुल्न खोज्छु उति याद बन्छ गाढा,
तिम्लाइ भुल्ने गुन पाए पुग्यो जीन्दगीमा ।

जम्काभेट हुदा ढले आशा मनका अरु,
बल्दो चिता हुन पाए पुग्यो जीन्दगीमा ।