गजल

आचार्य प्रभा

जीवन बागमा फूल फुलाउन खोज्दैछु ।
मनमा रहेको पीर भुलाउन खोज्दैछु ।

ब्यर्थैमा कसैले गर्योस सकेसम्म मदत,
खाएको उसैको ऋण सुलाउन खोज्दैछु ।

मनमा उर्लेर आयो नानाथरी बिचार,
खट्केको मनमा प्रीत झुलाउन खोज्दैछु ।

अल्झेर बसेछ कुरा मुटुभरी बेस्सरी,
बल्झेर दुखेको मन खुलाउन खोज्दैछु ।
हालः बोल्डर कोलोराडो, अमेरिका