गजल
सविन सिंह
भावना बग्दैन, छैन कि सरिता ।
लेखिन्न गजल, फुर्दैन कविता ।
अक्षर मातिए, शब्द यी नर्तकी,
श्रृजना शून्य भै, हेर्दै छु रमिता ।
विचारको अभावमा मर्दैछ यो मन,
साँस यो चल्दैछ, तयार छ चिता ।
भागदौड जीवन, फुर्सद छ कसलाई ?
सुस्ताई सुन्छन् की, वचन् यी विनिता ।
गन्तव्य नपुग्दै, अडिएँ अनि हराएँ म,
सुस्त म बटुवा, सबै छन् छरिता ।
विरूप यो खोलभित्र चियाई त हेर,
सजिएकी देख्नेछौ, हृदय ललिता ।
तगारो तेर्सिए नि, रोकिन्न यो सफर,
विद्रोही यो मन, कठोर संहिता ।
भावना बग्दैन, छैन कि सरिता ।
लेखिन्न गजल, फुर्दैन कविता ।
अक्षर मातिए, शब्द यी नर्तकी,
श्रृजना शून्य भै, हेर्दै छु रमिता ।
विचारको अभावमा मर्दैछ यो मन,
साँस यो चल्दैछ, तयार छ चिता ।
भागदौड जीवन, फुर्सद छ कसलाई ?
सुस्ताई सुन्छन् की, वचन् यी विनिता ।
गन्तव्य नपुग्दै, अडिएँ अनि हराएँ म,
सुस्त म बटुवा, सबै छन् छरिता ।
विरूप यो खोलभित्र चियाई त हेर,
सजिएकी देख्नेछौ, हृदय ललिता ।
तगारो तेर्सिए नि, रोकिन्न यो सफर,
विद्रोही यो मन, कठोर संहिता ।