गजल
घामपानी छेक्ने छानामा जलाउने खर चाहिएन ।
बोलिन्छ नाम बोलाउँदा जुधाउने थर चाहिएन ।
मिलेर रोप्यौ पिपल बनायौं साझा चौतारी,
न्यायको छायाँ यात्रुलाई नदिने बर चाहिएन ।
एकता हाम्रो टुटेमा दुस्मनले घर बिगार्लान्,
बर्सिए बैरी झरीझैं ओतिने भर चाहिएन ?
कसैले आई फुटाए यी हात जोडन फैलन्छन्,
पार्दिन टुक्रा आफुलाई मै मर्ने डर चाहिएन ।