‘मोतीराम–सेतुराम गजल पुरस्कार’ स्थापना

        बरिष्ठ सङ्गीतकार एवम् संस्कृतिकर्मी बुलु मुकारुङले नेपाली गजलका आदिगजलकार मोतीराम भट्ट तथा आदिगायक सेतुरामको सम्मानमा ‘मोतीराम–सेतुराम गजल पुरस्कार’ को स्थापना गरेका छन् ।
             सो पुरस्कार वर्षभरिमा प्रकाशित गजलसङ्ग्रहमध्ये उत्कृष्ट सङ्ग्रहलाई तथा उत्कृष्ट गायन या सङ्गीतलाई दिइनेछ । पुरस्कार राशि ३००० ।३००० (तीन।तीन हजार) रुपियाँ र प्रमाणपत्र रहेको छ । यो पुरस्कार अनाममण्डलीको वार्षिकोत्सवमा प्रदान गरिनेछ ।
            नेपाली गजलको विकासमा क्रियाशील संस्था अनाममण्डलीले विगत ५ वर्षदेखि गजल प्रशिक्षण, गजलका सैद्धान्तिक÷समालोचनासम्बन्धी तथा गजलसङ्ग्रहहरू प्रकाशन गर्दै आएको छ । गजललाई गायनमा ल्याउने उद्देश्यले समयसमयमा गजलगायन कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको मण्डलीका अध्यक्ष घनेन्द्र ओझाले जनाएका छन् ।