गजल

-कोषराज श्रेष्ठ
रापले गलेँ
तापले गलेँ

समय झर्यो
नापले गलेँ

वन्धकी मन
दापले गलेँ

खाएको जुठो
आँपले गलेँ

आश्वासनको
धापले गलेँ

हे! भगवान
जापले गलेँ !
पथरी,मोरङ   हाल (कतार)