गजल

भुपेन्द्र तिम्सिना

दिन दिनै फूल रुन्छ, डालीलाई थाहा छैन् ।
मन्दिरको पुजारी र, थालीलाई थाहा छैन् ।

अशान्तिको घण्टी बज्छ, जब—जब मन्दिरमा,
जीवन के हो भोग खाने, कालीलाई थाहा छैन् ।

कस्को भाकल पुरा भयो, कस्को बाँकी रह्यो होला,
दोबाटोमा छुट्टिएको, देउरालीलाई थाहा छैन् ।

आफुले देख्या जती मात्र, सिंगो आकाश ठानेपछि,
मुल खाँबोमा पानी चुहिया, पालीलाई थाहा छैन् ।

सधै यस्को र्निणायक, भुमिका नै भएपनि,
सर्मथन हो की विरोध, तालीलाई थाहा छैन् ।
मोरङ, हालः दमक झापा