जनता क्याम्पसमा गजल प्रतियोगिता

प्रतिभा साहित्य मञ्चको आयोजनामा बुधबार जनता क्याम्पस इटहरीमा भएको खुल्ला गजल प्रतियोगितामा ५ जना उत्कृष्ट भए । प्रतियोगितमा प्रतियोगी सगै अतिथि साहित्यकारले पनि रचना वाचन गरेका थिए । वाचन गरिएका रचनामा देशको वर्तमान परिवेश समेटिएको थियो । धेरैले आफ्ना रचनामा मुलुकको जर्जरता चित्रण गरेका थिए भने केहि रचनामा सामाजिक विकृति र केहिका रचनामा माया प्रेम कैद भएको थियो ।
                 प्रतियोगितामा सहभागी २५ जना मध्ये शर्मिला सिग्देल, फडिन्द्र बहादुर खत्री, हरी प्रसाद गौतम, इश्वरा सिवा र सन्तोष फुयाँलका गजल उत्कृष्ट ५ मा छनौट भएका हुन् । उत्कृट गजलकारलाई कार्यक्रमका प्रमुख अतिथि डा. टंक प्रसाद न्यौपानेले प्रशंसा पत्र र पुरस्कार वितरण गर्नु भयो । कार्यक्रममा प्रतियोगिका अतिरिक्त साहित्यकार एकु घिमिरे, टिका आत्रेय, यात्री शेखर, हेमन यात्रीलगायतले गजल वाचन गरेका थिए । कार्यक्रमको सभापतित्व जी वी गजलले गरेका थिए भने, कार्यक्रमको संयोजन युवराज काफ्लेले गरेका थिए ।