गजल
नयाँ वर्ष २०६७का अवसरमा यी दुइवटा गजल
दलबीर सिंह बराइली
दुखीलाई दु:ख थप्दै, सुखीलाई हर्ष आयो ।
घुम्दै फिर्दै आज फेरी अर्को नयाँ वर्ष आयो ।
महंगिको मार अनी अशान्तिको राज त्यस्तै,
हात मुख जोड्न झनै कठिन संघर्ष आयो ।
आश्वासन कति आए यस्तो गर्छौं उस्तो गर्छौं,
सबै झुठो खाली यस्तै बिचार बिमर्श आयो ।
भ्रष्टचारी महलमा कक्टेल पार्टी गर्दै भन्छ,
कालो धन फापेकोछ लुटौं है निस्कर्ष आयो ।
गरीबको नाम बेची माग्ने नेता साहु भए,
सडकमा भोकै सुत्दा सिरेटोको स्पर्श आयो ।
कृष्ण के श्रेष्ठ काल्स
खुसी अनि उमङ्ग छाउँछ रे यो सालमा ।
विदेश गा को छोरो आउँछ रे यो सालमा ।
मिलिजुली एकभई नेपाली सबै मिल्दाखेरि
कोइलीले मीठो गीत गाउँछ रे यो सालमा ।
गरिबले नि नयाँ लुगा अनि खान पाउँदा,
चहकिलो घाम पनि उदाउँछ रे यो सालमा ।
अशान्त बनाकोथ्यो युद्धले बुद्ध भुमि तर
बुद्धयुद्ध दुवैले मीत लाउँछ रे यो सालमा ।
अपहरणमा पर्छ भनि गाउँ नफर्कनेहरु,
आफन्तसंगै दशैं मनाउँछ रे यो सालमा ।
नेपाली सब खुसीले रमेको दिन देख्दा,
भगवानले आशिष पठाउँछ रे यो सालमा ।
दलबीर सिंह बराइली
दुखीलाई दु:ख थप्दै, सुखीलाई हर्ष आयो ।
घुम्दै फिर्दै आज फेरी अर्को नयाँ वर्ष आयो ।
महंगिको मार अनी अशान्तिको राज त्यस्तै,
हात मुख जोड्न झनै कठिन संघर्ष आयो ।
आश्वासन कति आए यस्तो गर्छौं उस्तो गर्छौं,
सबै झुठो खाली यस्तै बिचार बिमर्श आयो ।
भ्रष्टचारी महलमा कक्टेल पार्टी गर्दै भन्छ,
कालो धन फापेकोछ लुटौं है निस्कर्ष आयो ।
गरीबको नाम बेची माग्ने नेता साहु भए,
सडकमा भोकै सुत्दा सिरेटोको स्पर्श आयो ।
कृष्ण के श्रेष्ठ काल्स
खुसी अनि उमङ्ग छाउँछ रे यो सालमा ।
विदेश गा को छोरो आउँछ रे यो सालमा ।
मिलिजुली एकभई नेपाली सबै मिल्दाखेरि
कोइलीले मीठो गीत गाउँछ रे यो सालमा ।
गरिबले नि नयाँ लुगा अनि खान पाउँदा,
चहकिलो घाम पनि उदाउँछ रे यो सालमा ।
अशान्त बनाकोथ्यो युद्धले बुद्ध भुमि तर
बुद्धयुद्ध दुवैले मीत लाउँछ रे यो सालमा ।
अपहरणमा पर्छ भनि गाउँ नफर्कनेहरु,
आफन्तसंगै दशैं मनाउँछ रे यो सालमा ।
नेपाली सब खुसीले रमेको दिन देख्दा,
भगवानले आशिष पठाउँछ रे यो सालमा ।