गजल

शिव प्रणत
पुका¥यौ सुस्तरी मनमा म टाढा जान लागेथें ।
दियौ खाली प्रतिक्षाको चिनो पो हाय मागेथें ।

बुझेकै हुँ हिजो तिमीले लुकायौ प्रेमको माला,
कुरायौ हरघडी व्यर्थै अगाडी तुल टाँगेथें ।

सुकेको यो नदीभित्र भ¥यौ पानी तिमीले नै,
त्यसैको सिर्जनाले नै म याँसम्म जागेथें ।

भएँ पानी भएँ आगो नजरको तीरले एक दिन,
म घायल मुटुबाटै सीमाना व्यर्थ नाघेथें ।
                झापा