गजल

गोविन्द काफले

हुदैन केहि भन्छ गर्नै चाहन्न मान्छे ।
रोपे पो फल्छ विउ र्छर्नै चाहन्न मान्छे ।

बिरुवै नरोपी मान्छे खोज्दो छ फल यहा“,
काँतर भएर जंघार तर्नै चाहान्न मान्छे ।

बहादुर हुँ म भन्छ भागेर टाढा टाढा,
बन्छु भनेर सहिद मर्नै चाहन्न मान्छे ।

देश बनाउछु भन्दै बोलेर हुन्न साथी,
झाङ्गीदै जान्छ भन्यो र्सर्नै चाहन्न मान्छे ।