गजल

तिर्थ यात्री पौडेल

तिम्रो मुहार हेर्नलाई जुन पर्खी बसे ।
दुइ मनको मिलनको मनसुन पर्खी बसे ।

हिड्दाखेरि बाटो छेकी शिरफुल लाउछु भन्यौ,
कहिले झर्छ भाउतल सुन पर्खी बसे ।

जाडो छेकी बालुवामा ज्यान जोगाइ राख,
सस्तो मस्तो किन्नलाई उन पर्खी बसे ।

टाउको दुख्दा मालिस गरि पानीपट्टि दिन्थ्यौ,
परदेशमा ओछ्यान पर्दा गुन पर्खी बसे ।