गजल

सहयात्री


जवानीको जंघार तर्दा कुन्नी कता भुल भयो ।
जीन्दगी यो कर्णालीमा भत्किएको पुल भयो ।

नउदाउँदै अस्ताएको पूणिर्माको जूनजस्तो,
पहराको लहरामा अल्झिएको फूल भयो ।

खै कस्तो घुम्ती आयो मोडिदिए सफर सारा,
त्यही भुल जुनी-जुनी मुटु घोच्ने सुल भयो ।

सोच्थे आफै जीन्दगी यो सागरको गहिर्राई हो,
विडम्बना खडेरीमा सुकिजाने मुल भयो ।

कता गयो घाम मेरो, सपनाको याम खै ?
भनिदेऊ न 'सहयात्री' मेरो कहा“ भुल भयो ?