गजल

किरणचन्द्र कार्की

मेरो हैनौ भन्दै करायौ अचानक ।
आवेशमा आई बर्बरायौ अचानक ।

सुन्दर फूल फुलाउन सगैं हिड्दै गर्दा,
यात्रा मोड्न बाध्य गरायौ अचानक ।

हजारौंसँग जुध्छन आँखा जीवनमा,
एक नजरमै मन परायौ अचानक ।

सामुन्नेमै देखायौ असली व्यवहार,
भाग्यौ तुरुर्न्र्तै डरायौ अचानक ।

मनमा, मुटुमा, नयन भरि तिमी थियौ,
सारा सारा बाट हरायौ अचानक ।
दिङ्ला, भोजपुर