गजल

आचार्य प्रभा

न त कबिता, न त गीत हो, गजल ।
न त मायाहो, न त प्रीत हो, गजल ।

सम्झे झर्ना झैँ, हुन्छ शितल ,गजल,
सोँच्न सकेमा, मीठो शीत हो, गजल ।

लेख्छौं सबै नै, भइ प्रेरित, यसैमा,
मान्नु पर्दछ, मीठो रीत हो, गजल ।

पोख्छौं असंख्य, हामी कल्पना, भावना,
सबै सद्भाव, राख्ने हित हो, गजल ।

छर्छ कविले, भावनाहरु, कल्पेर,
कविको आत्मा, जित्ने जित हो, गजल ।