गजल

भाष्कर काजी

झन पर, सरेर गयो चन्द्रमा ।
एक भुल गरेर गयो चन्द्रमा ।

म, किनार कुरेर बसेँ एक्लै,
सागर तरेर गयो चन्द्रमा ।

निभ्यो, आशाको दियो पनि,
खुसी नै हरेर गयो चन्द्रमा ।

एक मुटु, टुक्रिई झर्दैछ यहाँ,
मुस्कान छरेर गयो चन्द्रमा ।

छेक्दिन थेँ होला नी, म बाटो,
घोप्टो पो परेर गयो चन्द्रमा ।
हाल त्रि वि, केन्द्रिय क्याम्पस, किर्तिपुर