गजल

मदन आचार्य
मेहेनती पाखुरा, बिकास आउँदा लुक्छन किन ?
श्रमको फल खान, अरुकै अघि झुक्छन किन ?

बेकामि फल्तु काँडा, घोचीरहन्छन् झुक्याएर,
मलजल गर्ने हरुकै, खेत बारी सुक्छन किन ?

पौरखले उडेका छन्, आकासमा  मानबहरु,
मान्छेलाइ उडाउन,अरुका कान फुक्छन किन ?

सम्मानार्थ  उभिरहेछन् ,बेसरमी अनेक रात,
उच्छबात बिधुवाको सम्मानमा चुक्छन किन ?

जित हुन्थ्यो बिबेकको, रुख चढ्ने आट गरे,
नटोक्ने कुकुरहरु, रात दिन भुक्छन किन ?