गजल


- प्रदिप चापागांइ
सभ्य छैन भने जिवन धानेर हुन्न केहि,
देखावटी ज्ञान त्यसै जानेर हुन्न केहि !

अरुको त्यो आँशुभरी खेल्नु यदी छ भने,
मात्र आफ्नो खुशी हेर छानेर हुन्न केहि !

हजार भोको रित्तो पोको यताउता देख्दा अनि,
धनसम्पती कती कती मानेर हुन्न केहि !

पापको त्यो लोलाभरी बारूदी गन्ध हुँदा,
त्यसैमा लौ खोक्रो वाण हानेर हुन्न केहि !

मान्छेले नै मान्छेलाई मार्न अघी सर्दा समेत,
सर्वश्रेश्ठ उसैलाई ठानेर हुन्न केहि !