गजल

- गोविन्द फूयाँल
मुटुभित्र आँधि, चलेर गजल भो ।
बास झुपडीको, जलेर गजल भो ।

छाती चस्स दुख्छ, बेदना बढेर,
अनि यात्रा बीचै, गलेर गजल भो ।

मेरो सृजना र सीप, जो थियो त्यो,
आज आँखा अगाडी, बलेर गजल भो ।

मनले यी प्रश्न माथि प्रश्न थप्दै,
यो प्रश्नको पहाड, ढलेर गजल भो ।

-गोलधाप झापा