गजल

- कुन्ता भण्डारी
अन्त कतै नभएको त्याग हुन्छ पिरतीमा ।
सुगन्धित वासनाको राग हुन्छ पिरतीमा ।

भौतिक रुपमा प्रेमीहरु एकहुन नसकेनी,
दुइ आत्मा एक हुने माग हुन्छ पिरतीमा ।

कहिले उताव कहिले चढाव जिवनको यात्रासरी,
हाँस्न अनि रुँनलाई खुराक हुन्छ पिरतीमा ।

जतनसाथ राख्न सके जुन चिज को नी इज्जत हुन्छ,
क्षणीक मायाँ गर्ने लाई दाग हुन्छ पिरतीमा ।

- दाङ