गजल

लिलप्रकाश चन्द  'यात्री'

वारि आफ्नो छैन कोही पारि पनि छैन ।
आफू एक्लो बाहेक गोठघारी पनि छैन ।

सपनामा रम्नेहरु व्युभिीँएर यति भन्छन्,
सहरमा हिजोआज इमान्दारी पनि छैन ।

आफ्नै माटो वर्काइफर्काइ केही गरौं लाग्छ,
जीजिबिषा धान्ने खाल्को रोजगारी पनि छैन ।

अभावले चाहाहरु खुम्चिएपछि होला सायद
हल्का छैन जीवन अचेल भारी पनि छैन ।

चौबाटोमा अडिएर यात्री पर्खेजस्तै गरी
भन्नैपर्ने विशेष त्यस्तो सफारी पनि छैन ।
abhimat.lil@gmail.com