गजल

–गणेश आचार्य
खर्च छैन हात्ती गैंडा, छिटो पठाइदिनु आमा ।
भोकै छु म दुईचारमाना, पिठो पठाइदिनु आमा ।

कागुनो झै“ भात हुन्छ, दाल त रारातालै हुन्छ,
यस्तै खाना कति खाने, मिठो पठाइदिनु आमा ।

छैन स्वादै तागत दिन्न, भोजन् भु“डि मात्रै भर्छ,
मकै कोदो कनिकाको, लिटो पठाइदिनु आमा ।

स्याउ सुन्तला सुनभन्दा, महङ्गा पो रैछन् यता,
कन्दमुलै खान्छु तरूल, गिठो पठाइदिनु आमा ।

पैसा विना डेग नचल्ने, रैछ आम्मै शहरतिर,
आठोले के पुग्छ अब, बिटो पठाइदिनु आमा ।
गोल्टाकुरी–२ दाङ
हाल काठमाडौं