गजल
शून्य भो खै किन क्यैं फुर्दैन हिजोआज ।
के भो भेट्ने साइत जुर्दैन हिजोआज ।
समय नि आफ्नै गतिमा चल्दोरहेछ,
विगत आगत भै घुर्दैन हिजोआज ।
धेरै थिए प्रतिक्षा गर्ने प्रिय आफन्त,
खै किन कोही बाटो कुर्दैन हिजोआज ।
पहिले त दुबै चक्का बराबर गड्थे,
किन विश्राम लियो गुर्दैन हिजोआज ।
घाउ त पुरानै हो बल्झिन्छ बेला-बेला,
भुल्न खोज्यो खै किन तुर्दैन हिजोआज ।
- वाप्लुखा, खोटाङ - हालः काठमाण्डौ