‘गीत र गजल मिडियाले छुट्याउनु र्पछ’

सुनसरी २५ असोज । नेपाली सञ्चारमाध्यमले गीत र गजललाई नछुट्याइ प्रकाशन र प्रसारण गर्दा सर्वाधिक लोकप्रियतामा रहेपनि गजल विधा उपेक्षामा परेको गजलकारहरुले  बताएका छन् ।
नेपाल गजल प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठानले आज इटहरीमा आयोजना गरेको गजल विमर्शमा गजलको विकास र परिस्कारको अभियानमा लागेका अभियन्ताहरुले मिडियाले गजल भनेर जस्ता पायो त्यस्तै रचना प्रकाशन प्रसारण गर्ने गरेको बताए । अनाम मण्डलीका सल्लाहाकार  तथा संस्थापक अध्यक्ष सुरेश सुवेदीले एफएम रेडियोहरुले गजललाई गीत भनेर र गीतलाई गजल भनेर बजाउँदा स्रोतामा भ्रम सिर्जना भएको बताउनुभयो ।
एफएम रेडियो र पत्रपत्रिकाले स्तरहीन गजल पनि प्रकाशन प्रशारण गरेकाले गजलमा विकृति देखा परेको नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरको भनाइ थियो । संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले सञ्चार माध्यमले जस्तै संगीतकार र गायकहरुले पनि गजल नबुझी संगीत गर्दा र गाउँदा समस्या भएको बताउँनुभयो ।
पूर्वका पाँच दर्जन बढि गजलकार सहभागी विर्मश कार्यक्रममा भुपेन्द्र तिम्सिना, सुविद गुरागाइ, जीवि गजललगायतले गजलका बारेमा चर्चा गरे । भने ३० जनाबढीले गजल वाचन गरेका थिए ।

                                                                                                                                                                                      तस्विर : राज आशातित

गजल


अमला अधिकारी, सिन्धुली

मेरा बाले गोरू नारेको हेर्न आऊ
आमाले बीउ उमारेको हेर्न आऊ

कति मुस्किलले बनाउँछ चराले घर
चुच्चोले झिँजा ओसारेको हेर्न आऊ

के हेर्छौ पर्यटक सहरमा कृतिमता
प्रकृतिले गाउँ सिँगारेको हेर्न आऊ

दर्शिनढुङ्गामा झुलो राखेर हजुरबाले
चकमकले आगो पारेको हेर्न आऊ

कसले भन्यो माया गर्दिनँ तिमीलाई
शब्दमा तस्वीर उतारेको हेर्न आऊ


गजल

- जीबी गजल 
सिखरमा चड्दै जाउ खस्ने छदैछु म ।
तिमी उड पिन्जडामा बस्ने छदैछु म ।

बिस्तारै पारी तर हिडेर पुलबाट,
वारिबाटै बाढिभित्र पस्ने छदैछु म ।

हास बोल कुनै रोक छैन तिमीलाई,
आफ्नो घाटी आफैलेनै कस्ने छदैछु म ।

अर्कैको सिन्धुर पोते लगाएर हिड,
जोगी बनी खरानी चै घस्ने छदैछु म ।

शान्ति मिलोश हृद यमा सधैसधै नै,
यो छातीमा तिखो छुरा धस्ने छदैछु म ।

गजलमा गर्जदै पूर्वेली नारी

महामाया मासिकमा 
नियति नै यस्तै भनी नारीहरु झुक्नुहुन्न ।
लजालु त्यो घुम्टो ओढी भयो अब लुक्नुहुन्न ।

तेज बनी बगिरहे ढुङ्गो छेड्छ पानीले’नि,
विश्वासको हिमनदी खहरे भै सुक्नुहुन्न ।
इच्छा, चाहना र अधिकार पूरा गर्न लागि पर्नुपर्छ भन्ने दृढता बोकेको गजलका यी दुई शेर मायामितु न्यौपानेले निर्वासित चराहरु गजलसङ्ग्रहमा राखेकी छन् । भुपेन्द्र तिम्सिनासँगको संयुक्त सङ्ग्रहमा रहेका उनका अधिकतर गजल नारी चेतनाले भरिएका छन् । मानवीय संवेग र नेपाली परिवेशलाई आधार बनाएर शेरहरु बुन्छिन् उनी । नारी मनलाई गजलमा दुरुस्त उतार्नु उनको अर्को विषेशता हो । महिलालाई कमजोर ठान्ने हाम्रो समाजको मासिकताविरुद्ध उनी गजलमार्फत् सोझो प्रतिवाद गर्छिन् ।

गजल

नबिन नेपाल

दुइ वटा कुरा हुन्छ दसै पछाडी !
फुल यात छुरा हुन्छ दसै पछाडी !!

सफा मनले दुर्गासँग माग्नु दसैमा
मन्को इच्छा पुरा हुन्छ दसै पछाडी !

यस्तै चोट यस्तै पिडा दोहोरिरहे
बाटा अझै साँघुरा हुन्छ दसै पछाडी !

मत्तीने र आत्तीने को बिस्वास नगर्नु
दुख पिडा मधुरा हुन्छ दसै पछाडी !

मिठो बोली मिठै माया गर्छौ भने
सिन्दुर र चुरा हुन्छ दसै पछाडी !

आटेको र चाहेको मिलोस सबैलाई
नत्र 'नेपाल' बेसुरा हुन्छ दसै पछडि !

१९ वटा भाषाको संयुक्त गजलसङ्ग्रह


काठमाण्डु ।  नेपाली गजलको विकास, विस्तार र परिस्कारका लागि कृयाशील संस्था अनाममण्डलीले प्रकाशन गरेको १९ ओटा विभिन्न भाषामा लेखिएको ऐतिहासिक संयुक्त गजलसङ्ग्रह 'राष्ट्रिय भाषाका गजलहरू' को हिजो काठमाडौँको राड्ट्रिय सभागृहमा विमोचन गरियो । 
गजलकारहरू ज्ञानुवाकर पौडेल, देवी नेपाल, धीरेन्द्र प्रेमर्षि, रोशनकुमार राजभण्डारीलगायतले पुस्तकको विमोचन गर्नुभएको थियो ।
उक्त पुस्तकबारे बोल्दै समालोचक प्रभाती किरणले पुस्तक ऐतिहासिक महत्त्वको रहेको बताउनुभयो भने देवी नेपालले अनाममण्डलीका हरेक कार्यहरू नयाँ र ऐतिहासिक हुने गरेका उल्लेख गर्नुभयो । साहित्यकार धीरेन्द्र प्रेमर्षिले उक्त पुस्तकमा समग्र नेपालको प्रतिनिधित्व रहेको बताउनुभयो । प्रमूख अतिथि पौडेलले अनाम नाम राखेर सुनाम कमाइरहेको अनाममण्डलीलाई शुभकामना दिनुभयो ।
पुस्तकको संयोजन सम्पादन घनेन्द्र ओझा, सुरेश सुवेदी र बलराम दाहालले गर्नुभएको हो । सोही कार्यक्रममा कन्दरा पब्लिकेशनद्वारा प्रकाशित युवागजलकार गुलाब कान्छोको गजलकृति 'कुल्चिएको गुलाब' को पनि विमोचन गरिएको थियो । उक्त पुस्तकबारे समालोचक सरोज घिमिोरेले बोल्नुभएको थियो । अनाममण्डलीका संयोजक बलराम दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गजलकारहरू सुरेश सुबेदी, घनेन्द्र ओझा, जय गौडेल लगायतले बोल्नुभएको थियो ।
शब्द तस्विर ः अनाम मण्डली

गजल

कपिल ज्ञवाली

कपिल ज्ञवाली ‘जिज्ञासु’ 

जहाँ माया त्यहि हुने, घातहरु धेरै ।
टुंगो छैन जीवनको, बातहरु धेरै ।

हं मा हं थप्नेहरु हुदाँ रैछन् बैशहुंदा,
चिठ्ठी अब चांहिदैन, खातहरु धेरै ।

सूचना र प्रबिधिले माया सांघुरियो,
गफि बने मोवाईलका, रातहरु धेरै ।

बिश्वासनै नभए त किन साथ माग्नु ?
धोका दिने धोकेबाजका, जातहरु धेरै ।

अलग्गिनै उचित लाग्छ तनावैले हो की ?
खानु किन ‘जिज्ञासु’ले, लातहरु धेरै ।
                                                        kplgyawali3@gmail.com

गजल मञ्चमा सावित्रा

उर्लाबारी गजल मञ्चको शनिवार सम्पन्न चौथो साधरण सभाले सावित्रा याक्खाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
गजल मञ्चको उपाध्यक्षमा युवराज काफ्ले इवन , सचिव मञ्जु आचार्य, सहसचिव सहिदनेपालीनयन र कोषाध्यक्षमा रिना प्रधान रहनुभएको छ । यस्तै सदस्यहरुमा बविता घिमिरे , ममता घिमिरे, यज्ञ परिश्रमी , नवराज निरौला, नविना बस्नेत र तेजन खड्का रहनुभएको छ । सल्लाकार सदस्यहरुमा केशब राई , मिश्र बैजयन्ती जयधर्म अचार्य र महेन्द्रजंग तामाङलगायत रहनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साबित्रा याक्खाले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्षद्धारा प्रस्तुत कार्यक्रम योजनामा मासिक साहित्यक कार्यक्रमलाई निरन्तरता दिने, संस्थाको आर्थिक स्रोतको पहिचान गर्ने , साधरण सदस्यहरुको संख्या बिस्तार गर्ने, गजल मञ्चले प्रकाशन गर्दै आएको प्रकाशन बन्द भएको ‘सम्बन्ध’ द्वैमासिक पत्रिका पुन प्रकाशन गर्ने , पुस्तक प्रकाशन गर्ने लगायतका कार्यक्रम छन् । कार्यक्रममा कृष्णउदाशी को सभापतित्व र मिश्र बैजयन्तीको प्रमुख आतिथ्य रहेको थियो ।

रोमको ‘आगो लिएर आउ’ विमोचित

सुनसरी १२ साउन । नेपाल गजल प्रतिष्ठानका सुनसरी सचिव रोम ढुंगेलको गजल संग्रह आगो लिएर आउ आज धरानमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । 
कार्यक्रममा प्रमुख अतिथि शिव रेग्मी प्रणत विषेश अतिथि प्राडा टंक न्यौपाने र डा भिम खतिवडाले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
समसामयीकता, जीवन जगत, प्रेम, आक्रोस समेटिएको संग्रहको टिप्पणी डा भिम खतिवडाले गर्नुभयो । मिश्र बैजयन्तीले रोमका गजल समसामयीकताको एउटा दस्तावेज भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखर, साहित्यकारहरु विवश बलिभद्र कोइराला, अभागी थेगुवा, टिका आत्रेयलगायतले गजलकार ढुंगेल र गजल संग्रहको सफलताको शुभकामना दिनुभयो ।
एकदर्जन बढी गजलकारहरुले गजल गायन र वाचन गरेको कार्यक्रम नेपाल गजल प्रतिष्ठान सुनसरी शाखाले आयोजना गरेको हो । कार्यक्रममा झापा, मोरङ, सुनसरी, धनकुटाका एकसय बढीको सहभागिता थियो ।

असार १५ मा मायामितुका दुइ गजल

१ 
वर्खाको संकेत दिन्छ असार पन्ध्रले ।
हलो, जुवा फारिस किन्छ असार पन्ध्रले ।

धान दिवस मनाउँदै, दही चिउरा खाँदा,
दुख पीडा सबै भुल्छ , असार पन्ध्रले ।

गजल

- यात्री शेखर
हावा हो मन पानी हो मन ।
फूलैफूल्को जवानी हो मन ।

रम्छ सधैं अरुकै खुसीमा,
भावको ठुलो खानी हो मन ।

गजल

  – प्रवीण बानियाँ

मनको बस्ती अन्तै सरेको खबर आयो
फूलका लागि जून मरको खबर आयो ।

लगाएर आगो मनको फूलबारीमा
निष्ठुरीले साँघु तरेको खबर आयो ।

गजल

तिलक भट्टराई "अन्जान"

कुन्नी केको धन्दा अचेल गर्दै छौ रे शहरतिर,,
पैसा भन्दा मरिमेटी मर्दै छौ रे शहरतिर।।

 रातारात करोडपती बन्ने भुत लाग्या छ रे,,
झुप्रो छोडि महलमा सर्दै छौ रे शहरतिर।।

गजल

पूर्ण गुभाजु मुस्कान  

सधै भरि यो जिन्दगी आहा छ मलाई !
कसैको त साथ् पाउँछु थाहा छ मलाई !!

नजर सबले तिमि माथि गाड्न थाले पछी ,
तिम्रो आफ्नै हेराइमा डाहा छ मलाई !!

गजल

साबित्रा लुइँटेल घिमिरे

सबै आफ्नो ठाउबाट उठ्नु पर्छ
अधिकार माग्नलाई जुट्नु पर्छ !!

एकतानै बल हाम्रो सामन्ती लाई
खोजी खोजी यहाँ हामी कुट्नु पर्छ !!

गजल

रामकृष्ण अनयास
नजाउ प्यारा देश छाडी एक्लैआज पर्छिन आमा
बिरामी छन् जेठ चौधमा फेरि अब मर्छिन आमा ।

सबै छोरा भ्रष्ट्रजालि यिन्ले छोको खान्ऩ भन्दै
मातृभुमि चोखो पार्न सुनपानि छर्छिन आमा ।

गजल

नबिन परबाशी 
चाह यो मनमा उमारीन मैले!
ब्यर्थैमा जीबन उधारीन मैले!!

फूलको धारले म रेटिएको थिए!
गुलाबलाई अब मुसारिन मैले!!

गजल

 कृष्ण जलन 

उनले सोध्लिन मेरो बारे बाच्या छ रे सुनाइ दिनु !
रूँदै छ कि भन्लिन फेरी हास्या छ रे सुनाइ दिनु !

बाटो हेर्दै उनले छिटो फर्क भन्ने खबर देलिन
उसले पनि दिन गन्दै बस्या छ रे सुनाइ दिनु !

गजल

  • आँखा डुलाई गजलको, बहरमा खोजि रा'छु !
    हराएकी मायालुलाई, सहरमा खोजि रा'छु !!

    याद आउदा पर्दा तानि, झ्याल बाट तल हेर्दै
    दिन रात उनैलाई, हर प्रहरमा खोजि रा'छु !!

    आँशु बगाई बिते कत्ती, चिसा मेरा रातहरु
    पाउने आसा नमरे रै, रहरमा खोजि रा'छु !!

    एकान्तमा टोलाएर, सम्झनामा एक्लै पाउदा
    स्नान गर्ने सधै उनको, नहरमा खोजि रा'छु !!

    आसा सबै मरी सके , लोलाई सके नजर पनि
    उन्लाई भेट्ने बाटो अब, जहरमा खोजि रा'छु !

गजल


  • रात को शित बाँकी छ, नव बसन्त 'आ' छैन,
    चिस्याउने जाडो बाँकी छ, शिशिर अझै 'गा' छैन,

    पोहोर साल हालेको, जडौरीको लुगा मेरो,
    जस्ता को तस्तै नै छ, अहिलेसम्म 'ला' छैन,

    मौका मा चौका हान्न कुरेर नै बसी 'रा' छु,
    केही दिन अरु पर्ख, समय ठीक भा छैन